Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

संविधानको मूल मर्म र भावनालाई कुल्चिने दुष्प्रयास भयोः पुर्वमन्त्री गौतम

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    पुर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेस बर्दियाका सभापति संजय कुमार गौतमले केपी शर्मा ओली नेतृत्व सरकार नलायक भएको ओराप लगाएका छन ।

    प्रतिनिधिसभा विघटन विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बर्दियाले सदरमुकाम गुलरियामा गरेको बृहत विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा पुर्वमन्त्री गौतमले यस्तो आरोप लगाएका हुन ।

    मन्त्रि गौतमले भने “ यो सरकारले आफनो घर त राखेन राखेन यो भाइमारा सरकार आफनो भाइहरुलाई एक ठाँउमा राख्न सकेन ” ।

    उनले थपे “ नेपाली जनताले सहादत प्राप्त गरेर ल्याएको संविधानको मुल मर्म र भावनालाई कुल्चिने दुष्प्रयास गरेको छ ।” पुर्वमन्त्रि गौतमले भने “ओली नेतृत्वको सरकारले तल देखी माथी सम्म भ्रष्टाचार गरेको छ यो सरकार देशलाई प्रतिगमनको बाटो तर्फ लग्न लागेको भन्दै सरकार विरुद्ध नेपाली जनता एक हुन आह्वान गर्दछु ।” उनले थपे ।

    संसद निर्माणमा सहभागीता जनाई पुन संघर्षका लागी नेपाली जनतालाई आग्रह गर्नुपर्दा दुख लागेको गौतमले भने । सरकारले चालेको कदम असंवैधानिक भएको उनले बताए ।

    बर्दियाको राजापुर नगरपालिका, गुलरिया नगरपालिका लगायत जिल्लाभर नै काँग्रेसले कम्युनिष्ट सरकारको संसद विघट्नको असंवैधानिक तथा अलोकतान्त्रिक कदम सर्वसत्तावादी चरित्र तथा प्रतिगमनका विरुद्ध बृहत विरोध प्रदर्शन कार्यक्रममा गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij