प्रधानमन्त्रीले संसद विगठन गरेर नेपाली जनता र मतदातालाई अपमान गरे– डा. दहित
बर्दिया टुडे
पौष १३, २०७७ सोमवार
१७:५४:४० मा प्रकाशित
3.4K
SHARES
3.4K
SHARES
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा वरिष्ठ नेता डा गोपाल दहितले प्रधानमन्त्रीले संसद विगठन गरेर नेपाली जनता र नेकपालाई मत दिने मतदातालाई अपमान गरेको बताए ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बर्दियाले राजापुरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै डा. दहितले वर्तमान ओली सरकार लोकतान्त्रिक सम्विधानलाई ‘कु’ गरेर अलोकतान्त्रिक र अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाए ।
दुई तिहाईको सरकारले मित्र राष्ट्रहरुसंगको सम्बन्ध र सिमा सुरक्षा गर्न असक्षम रहेको बताउँदै उनले भने– ‘राष्ट्रियताको नारा लगाएर दुई तिहाई मत प्राप्त गरेको केपी वलीको सरकार अन्ततः छिमेकी राष्ट्रको गुलाम बनेको छ ।’ गरिबलाई धनि बनाउने,गरिबलाई सत्ता हस्तान्तरण गर्ने भन्ने झुठो खेती गर्दै आएको कम्य’निष्ट सरकार हरेक क्षेत्रमा असफल रहेको भन्दै सोझा जनताहरुलाई बारम्बार झुक्याएको आरोप डा.दहितले लगाए । राष्ट्रियताकोे संरक्षण र नेपालको समृद्धिको लागी नेपाली काँग्रेसको विकल्प नभएको उनले दावि गरे । बिरोध पर्दशनमा अलोकतान्त्रीक तथा असंवैधानीक कदमलाई तत्काल फिर्तालिन काँग्रेस नेताहरुले माग गरेका छन् ।