Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राप्रपा बर्दियाकाे प्रशासन मार्फत प्रधानमन्त्रिलाई २२ बुँदे ज्ञापनपत्र

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती बर्दियाले पनि बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।

    प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपति द्वारा प्रतिनिधि सभाको विघटन पश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा फसेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातनधर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्थापुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा रहेको समेत जनाएको छ ।

    सरकार गम्भीर बन्न र राप्रपाले उठाएका विषयलाई सम्बोधन गर्न प्रमुखजिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै यो ज्ञापनपत्र पेश गरीएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाका अध्यक्ष भिम बहादुर बोहराले बतए ।


    ADVERTISEMENT

    images

    संविधानमा रहेको धर्म निरपेक्षता खारेज गरियोस् तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्नु पर्ने तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गर्नु पर्ने लगायत २२ बुँदे माग सहित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत प्रधानमन्त्रि कार्यलयमा पठाइएको छ ।

    ललिता निवास जग्गा काण्ड, आयल निगम जग्गा खरिद भ्रष्टाचार, ओम्नी काण्ड र यति समुह सम्वद्ध भ्रष्टाचार काण्डका अपराधीहरुलाई तत्काल कारवाही गरियोस् भन्दै राज्यकाेषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषद बाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्नु पर्ने मागसमेत उक्त ज्ञापन गरिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij