बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रका करिव ३५ हजार जनता खरखडाइ कटाइमा जुटे
बर्दिया टुडे
पौष १२, २०७७ आइतवार
०५:१९:३९ मा प्रकाशित
2.1K
SHARES
2.1K
SHARES
फाईल फाेटाेः
बर्दिया निकुञ्जमा सनिवार देखि खरखडाइ सुरु भएको छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रका करिव ३५ हजार जनता शनिवारदेखि निकुञ्जमा खरखडाइ कटाइमा जुटेका छन् ।
पुस ११ देखि १३ गतेसम्म तीन दिन खरखडाइका लागि निकुञ्ज खुल्ला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्ज स्रोतका अनुसार निकुञ्ज प्रवेशका लागि ढुकुनिया घाट, माधवपुर घाट, गोला घाट, राजीपुर, खल्लागाउँ, शान्तिपुर, रजबन्धुवा घाट, मनाउ घाट, विन्द्रा घाट लगायत ६४ वटा नाका खुला गरिएको छ ।
मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यकतालाई मध्यनजर गरी हरेक वर्ष मंसिर तथा पुस महिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ ।
निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाइ, सेठा र बाबियो लगाएतका सामाग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।
खरखडाइका लागि राजश्ववापत प्रती व्यक्ति ५० रुपैँया र संरक्षण शुल्क ५० गरी जम्मा १०० रुपैँया शुल्क निकुञ्जले लिने गरेको छ ।
सुर्योदय पछि निकुञ्ज प्रवेश गरी सुर्याअस्त हुनु अगावै निकुञ्ज भित्रबाट निस्कीसक्नु पर्ने निकुञ्जको नियम छ ।
खरखडाइ काट्नका लागि हसिँया र डोरी वाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ ।
खरखडाइका बेला हुन सक्ने चोरी सिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाई गरिएको निकुञ्जले जनाएको छ ।