Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

माइती नेपाल बर्दियाले व्यावसायिक यौन शोषण बिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    माइती नेपाल बर्दियाले जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई व्यावसायिक यौन शोषण बिरुद्ध सचेत पारेको छ ।

    विद्यालय स्तरमा अध्यनरत विद्यार्थीहरु विभिन्न शोषण बारे सचेत हुनुपर्ने र व्यावसायिक यौन शोषणमा परि भविष्यमा आउन सक्ने समस्या प्रति आफु र समाजलाई सजक बनाउन आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई सचेत पारिएको हो ।

    माइती नेपाल बर्दियाको आयोजनामा जिल्लाका ५ (पाँच) वटा सामुदायिक विधालयहरुमा पुगी ब्यबसायिक यौन शोषण बिरुद्ध संचेतना फैलाइएको कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिईन ।

    विद्यालयका कक्षा ८ ,९ ,१० ,११ र १२ मा अध्ययनरत छात्राहरुलाई बालबालिका माथी हुने ब्यबसायिक यौन शोषण बिरुद्ध अभिमुखीकरण गरिएको रिमालले बताईन ।


    ADVERTISEMENT

    images

    व्यावसायिक यौन शोषण बिरुद्ध प्राप्त जानकारीले थप सचेत बनाएको भन्दै विद्यार्थीहरुले आफना साथीहरु,घर परिवार लगायत समाजमा समेत यसबारे सचेतना फैलाउने  प्रतिबद्धता जनाएका छन ।

    पछिल्लो समयमा बालबालिकाहरु माथी ब्यबसायिक यौन शोषणको घट्नाहरु चुनौतीका रुपमा देखिएकाले पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको शिक्षकहरुले प्रतिक्रिया दिएका छन ।

    कोराना भाइरसको जोखिमलाई मध्यनजर गर्दे उच्च स्वास्थ साबधानी अपनाई गरिएको कार्यक्रममा ५ वटा विद्यालयका करिब १ सय जना विद्यार्थी सहभागि भएको माइती नेपाल बर्दियाले जनाएको छ ।

    बर्दियाको गुलरिया नगरपालिकाकाे महाकवि देबकोटा मावि, बगलामुखी राधाकृष्ण थारु मावि, कोटही मावि तथा बढैयाताल गाँउपालिकाकाे  सरस्वतीमा माबि, र शारदा मा.बि.मा व्यावसायिक यौन शोषण बिरुद्ध अभिमुखीकरण कार्यक्रम संचालन गरिएकाे  माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक रिमालले बताईन ।

    अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुलाई ज्ञान सम्बन्धी प्रश्नावली सोधी उत्कृष्ट, प्रथम, द्धितिय, तृतीय र सानत्वना हुने छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

    व्यावसायिक यौन शोषण बिरुद्ध सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गरेकी थिईन।

     
     
     
     
     
     
     
     
    Aa
     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij