Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

युसेप नेपालले बर्दियाका २ सय ४० जनालाई तालिम दिने

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    युसेप नेपालले बर्दियाका ८ पालिकाहरुमा २ सय ४० जनालाई तालिम दिने भएको छ ।

    गुलरियामा सरोकारवालाहरु सँग परियोजना बारे छलफल कार्यक्रममा युसेप नेपालले इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डरका तालिमहरु सञ्चालन गर्ने जनाएको छ ।

    युरोपियन युनियन को आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्तर्गत युसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरम द्धारा प्रबर्द्धक तालिमहरुका बारेमा छलफल गरिएको हो ।

    बर्दियाका ८ वटा स्थानिय तहमा रोजगारमुलक ७ प्रकारका सीप विकास तालिमहरु संचालन गरिने युसेप नेपाल बर्दिया जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिए ।

    सीप विकास तालिम वाट जिल्लामा २ सय ४० जना व्यक्ति लाभान्वित हुने चौधरीले बताए ।

    एक्जाभेटर बाहेकका ६ वटा ३ महिने तालिमहरु बर्दियाको विभिन्न पालिकाहरुमा संचालन गरिने र ६ महिने एक्जाभेटर अपरेटरको तालिम काठमाण्डौ मा संचालन हुने संयोजक चौधरीले जानकारी दिए ।

    परियोजनाको कुल अनुमानित लागत १ करोड ५ लाख रहेको छ ।

    युसेप नेपालले बालबालिकालाई शिक्षा र युवायुवतीहरुलाई व्यावसायिक तालिम प्रदान गर्दै आएको छ ।

    निर्माण व्यवसायी संघ बर्दियाका महासचिव हेमन्त प्रकाश गिरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी लगायतको सहभागिता रहेकाे थियाे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij