Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता योजना सार्वजनिक

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    राजापुर नगरपालिका ले खानेपानी, सरसफाई तथा स्वच्छता योजना सार्वजनिक गरेको छ ।

    नगरपालिकाका नगर उपप्रमुख मनकलाकुमारी चौधरी र युएन हाविटाट का बिनोद शाह ले संयुक्तरूपमा बिहीवार एक कार्यक्रमका विच सार्वजनिक गरेका हुन।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले सरसफाइ अभियानमा राजापुर नगरपालिका अग्रणी भएको उल्लेख गर्दै सरसफाई अभियानमा सहभागीहरु सबै लाई धन्यवाद व्यक्त गरेकी थिईन ।

    सफा घर, स्वस्थ्य परिवार, सुन्दर समृद्ध गाउँ शहर, बर्दियाको आफ्नै छ रहर भन्ने नारा सहीत खानेपानी सरसफाई तथा स्वच्छता योजना सार्वजनिक कार्यक्रममा यु एन हाविटाटका निर्देशक बिनोद शाह, खानेपानी सरसफाइ तथा स्वच्छता योजनाका लुम्बिनी प्रदेशस्तरीय संयोजक यज्ञराज जोशी, वार्ड नं. १ का वडाध्यक्ष  खुशीराम थारु, प्रमुख प्रशासकीय अधिकृत वसन्तराज अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

    आईडिएस नेपालकाका बिनोद लामिछानेले संचालन गरेको कार्यक्रममा वार्ड नं.९ का वडाध्यक्ष विष्णुप्रसाद चौधरी, राजापुर नगरपालिकाका प्रशासन शाखाका प्रमुख खड्गबहादुर वली, योजना तथा अनुगमन उपशाखाका प्रमुख आनन्दप्रसाद जोशी समेतको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij