वाल संरक्षण सम्बन्धी सेवा तथा श्रोत नक्साङ्कनका लागी छलफल
बर्दिया टुडे
पौष ९, २०७७ बिहिवार
१८:२४:३१ मा प्रकाशित
1.7K
SHARES
1.7K
SHARES
गेरुवा गाउँपालिकामा वाल संरक्षण सम्बन्धी सेवा तथा श्रोत नक्साङ्कनका लागी छलफल कार्यक्रम सम्पन्न भएको छ।
गल्स गेट एक्वयल : वाल संरक्षण परियोजना अन्तरगत प्लान नेपाल ईन्टरनेशनलको आर्थिक सहयोग, वाँके युनेस्को क्लवको सहयोग तथा गेरुवा गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
बालवालिका माथी हुने दुर्व्यवहार, हिंसा र हेलचक्राई तथा कुनै पनि जोखिम भएमा संरक्षण, उद्धार र परामर्श गर्न सजिलो होस भन्ने उद्देश्यले श्रोत सामग्री तयार पार्नकाका लागी श्रोत नक्साङ्कन समबन्धी छलफल कार्यक्रमको आयोजना गरिएको वाँके युनेस्को क्लवका फिल्ड सुपर भाईजर संजिता रिजालले वताईन l
ADVERTISEMENT
छलफल कार्यक्रममा पालिका स्तरिय वाल संरक्षण समितिका पदाधिकारीहरु र गाउँपालिका क्षेत्र भित्र बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलमा एक हप्ता भित्र वाल संरक्षण समितिका पदाधिकारी र बालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको सहयोगमा गेरुवा गाउँपालिकाको महिला तथा वालवालिका शाखाले सेवा तथा श्रोत नक्साङ्कनको खाका तयार पार्ने निर्णय गरिएको छ ।