खानेपानी सरसफाई तथा स्वच्छता विषयमा सल्लाहकार समिती संग अन्तरत्रक्रिया कार्यक्रम
बर्दिया टुडे
पौष ६, २०७७ सोमवार
१७:३०:४७ मा प्रकाशित
1.6K
SHARES
1.6K
SHARES
खानेपानी सरसफाई तथा स्वच्छता विषयमा सल्लाहकार समिती संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टिडीएच फाउन्डेन्स स्वीट्जरल्याण्डको आर्थिका सहयोग जिल्ला समन्वय समिती बर्दियाको समन्वय र गेरुवा ग्रामिण जागरण संघ बर्दियाको अयोजनामा कार्यक्रम भएको हो ।
प्रयास परियोजनाको भएको उक्त कार्यक्रममा खानेपानी सरसफाईको महत्व, यस परियोजनाले संचालन गरेका क्रियाकलाप, बर्दिया जिल्लामा गरिएका गतिविधि लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो ।
गुलरिया नगरपालिका वडा नम्बर ५ की अध्यक्ष तथा गेरुवा ग्रामिण जागरण संघकी उपाध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, स्थानिय तहमा भएको स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधी, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले ६ वटा सामुदायिक विद्यलायमा वास संरचना निर्माण गरिएको, नवनिर्मित तथा पुन निर्मित बाल तथा एम एच एम क्लबलाई प्याड बनाउने तालिम दिइएको तथा समुदाय स्तरमा वास सम्बन्धि जनचेतना मुलक क्रियाकलाप गर्दै आएको प्रयास परियोजनाका जिल्ला संयोजक गोपाल कंडेलले जानकारी दिए ।
परियोजनाले आगामी दिनमा मातृ तथा नवशिशु स्वास्थ्यको क्षेत्रमा कार्य गर्ने संस्थाले जनाएको छ । प्रसुति गृहहरुमा आवश्यक सामाग्रीहरु सहयोग, स्वास्थ्य सम्बन्धि मोबाइल ध्वनी सम्देशहरु जारी गर्ने, बर्दियाको बारबर्दिया, ठाकुरबाबा र गुलरिया नगरपालिकाको प्रसुती गृहमा कार्यरत अ.न.मीहरुको क्षमता बृद्धि गर्ने लगायतका क्रियाकलाप गरिने संस्थाले जनाएको छ ।