Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सरसफाईमा सक्रियता बढाउँदै समुदाय

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    बर्दियाका स्थानिय तहहरुले पुर्ण सरसफाईको राष्ट्रिय अभियान सफल बनाउन सक्रिय भएका छन ।

    पुर्ण सरफाई उन्मुख बनाउन नागरिक स्तरबाट गाउँटोलमा सक्रियता बढेको स्थानियले बताएका छन ।

    सफा शौचालय, छुट्टै हातधुने स्थान, धाराको वरिपरि प्लेट फर्म बनाई फोहोर पानी बग्ने ठाउँ, भाँडा धुने जुठेलो सुकाउन च्याङ्ग बनाईएको छ ।

    पशुपन्छिको गोठ घर देखी छुट्टै बनाएको , कुहिने र नकुहिने बस्तुलाई अलग अलग बर्गिकरण गरि डस्टबिनमाब्यबस्थापन गरेका लगायतका पाँच प्लस ंएक सुचकहरु तयार गरि गाँउलाई सफा तथा सुन्दर बनाउन स्थानियहरु एकजुट भएका हुन ।

    जसका कारण विगतमा भएको गाँउको अवस्थालाई नागरिकहरुले नकारात्मक रुपमा हेर्ने गरेका थिए । तर अहिले गाँउमा आएका बाहिरी पहुनाले समेत टोलबासीको कार्यको प्रशंसा गर्न थालेको गेरुवा गाँउपालिका–३, का स्थानिय, बल बहादुर थारुले बताए ।

    दिगो लक्ष्यको आधारमा नेपाल सरकारले सन् २०३० सम्ममा नेपालालाई पुर्ण सरसफाईयुक्त राष्ट बनाउने अभियानलाई बर्दियाका नागरिक, स्थानिय सरकार, संघसंस्थाले चासो देखाएका छन । सरसफाई नभएकै कारण विगतमा विभिन्न रोगहरु लाग्ने गर्थ्याे ।


    ADVERTISEMENT

    images

    हिजोआज फोहरबाट लाग्ने रोगहरुमा कमी आएको राजापुर नगरपालिकाका स्थानिय बासिन्दाको भनाई छ ।

    फोहोर पानीबाट लाग्ने झाडापाखाला लगायतका रोगहरुमा गाउँमा देखिएको छैन । पुरै गाँउका नागरिकको स्वस्थ्य अवस्था सुधारन्मुख भएको राजापुर नगरपालिका –१ टिहुनीको केशुराम थारुले बताए ।

    बर्दियामा जीएसएफ, युएन हेविटेटको सहयोग र एकिकृत विकास समाज नेपालको सहजीकरणमा बर्दियाको राजापुर तथा बाँसगढी नगरपालिका, गेरुवा र बढैयाताल गाँउपालिका लगायतका नागरिहरु सरसफाई अभियानमा लागेका छन् ।

    स्थानिय सरकारले पालिकालाई अत्यन्तै व्यवस्थित तवरले पुर्णसरसफाईका सवै आधारहरु सम्पन्न गरि पुर्ण सरसफाईको अभियानमा लागेका बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij