Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

काेविड-१९ प्रतिकार्यका लागि हातधुने सामग्री वितरण

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    ठाकुरबाबा १ भुरिगाउँमा केन्द्रीय कार्यालय रहेको हाम्राे मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रमका विच काेविड-१९ प्रतिकार्यका लागि हातधुने सामग्री वितरण गरेको छ ।

    विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरसका कारण देशमा गरिएको लकडाउन पश्चात शिक्षण संस्थाहरू खुलेकाले विद्यार्थीहरूलाई हात धुुन सजिलो हाेस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व महसुस गरि संस्थाकाे विद्यालयमा हाम्रो मध्यवर्ती कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिका भित्रका सबै २६ वटा सामुदायिक र १४ वटा संस्थागत गरि ४० वटा विद्यालयलाई ६२ थान टुटि जडित हातधुने बाल्टिन र ६२ दर्जन हातधुने साबुन वितरण गरिएको संस्थाका अध्यक्ष नवराज न्याैपानेले वताए ।


    ADVERTISEMENT

    images

    हात धुने सामग्री हस्तान्तरणबाट ४० वटा विद्यालयका करिब १६ हजार बालबालिकालाई हातधुन र हात धाेएका कारण काेविड १९ लगायतका राेगवाट बच्न र स्वस्थ रहन सहयोग पुग्नेछ ।

    त्यसैगरी बिद्यालयकाे स्राेत अभावमा स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन गर्न नसकेका विद्यालयहरूलाई ठूलाे सहयोग पुग्ने संस्थाका सल्लाहकार समिति संयोजक एवम् नेपाल रेडक्रस साेसाईटी,ठाकुरबाबाका सभापति यज्ञप्रसाद नेपालले वताए ।

    यसैगरी कार्यक्रममा चुरे माध्यमिक विद्यालय,वगनाहाका प्रधानाध्यापक बालकृष्ण आचार्य र कर्णाली आवासिय माध्यमिक विद्यालय,भुरिगाउँका प्रिन्सिपल सुदर्शन पन्थीले बिपतकाे समयमा उदाहरणीय कार्य गरेकोमा संस्थाप्रति विद्यालयहरूकाे तर्फबाट धन्यवाद व्यक्त गरे ।

    विगतमा ठाकुरबाबा नगपालिका मात्र कार्यक्षेत्र रहेकोमा हाल बर्दिया जिल्लाका ठाकुरबाबा सहित मधुवन,राजापुर,गेरूवा,बारबर्दिया र बाँसगढी ५ वटा पालिकाहरूमा कार्यक्षेत्र विस्तार भएको साथै हालै लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत हाम्रो मध्यवर्ती राधाकृष्ण साकाेसले विगत बर्षहरूदेखि नैं विद्यालयमा हाम्रो मध्यवर्ती कार्यक्रम अन्तर्गत सेनिटरी प्याड तथा प्राथमिक उपचार सामग्री एवम् रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई पाेसाक(जर्सी) वितरण गर्नुका साथै SEE मा सर्वाेत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई पुरस्कृत गर्दै आएकाे छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij