परियोजना संचालन भएका स्थानिय तहमा सरोकारवालाहरुको अनुगमन तथा निरीक्षण
बर्दिया टुडे
पौष २, २०७७ बिहिवार
१७:३७:०२ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
सिकाइ परियोजना संचालन भएका सामुदायिक विद्यालयमा सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका छन् ।
ठाकुरवावा नगरपालिकाको वडा नं ४ मा रहेको श्री बबइ शिशु मन्दिर आधारभुत बिधालय, प्राथामिक खैलार प्रा.बि. राजापुर नगरपालीकाको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय , श्री पदम कुमारी माध्यामीक बिधालय, खजुरा गाउपालीकाको श्री अम्बेमाता आधारभुत बिधालय र आर्दश आधारभुत बिधालय डि गाउको बिधालयकाे सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका हुन ।
अनुगमनका क्रमम परियोजना संचालन हुनु पुर्वको अबस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत बिधालय ब्यबस्थापन समिती तथा शिक्षक संग अन्तरकृया गरिएको थियो ।
ADVERTISEMENT
बाल केन्द्रित शैक्षिक वातावरण भए नभएको, औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षा कोठामा शैक्षिक सामाग्रीको ब्यबस्था, कक्षा कोठामा सुचना प्रबिधिको प्रयोगको अबस्था एवं कोठा अबलोकन गरि छलफल गरिएको थियो । विद्यालयका प्राधानाध्यापकहरुले परियोजना संचालन पछि देखिएका परिर्वतनहरुका बारेमा जानकारी गराएका थिए ।
बालबालिका देशका कर्णधार भएको भन्दै बिकाशको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा बर्दिया र बाँके जिल्लाका बिभिन्न स्थानिय तहमा संचालन गरिएको सिकाइ परियोजनालाई उपलब्धी मुलक बनाउनका लागी पालिका संगको समन्वय र सहकार्य गरि सस्थाले काम गरिरहेको छ ।
परियोजना संचालन भएका बिद्यालयमा लैगिंक मैत्री बातावरणमा कक्षा शिक्षण भएको, बालबालीकाको भर्ना दर,उनीहरुको नियमित उपस्थिती,बिधालय छाड्ने दर र सिकाइ मा समेत प्रभाव परी तुलानात्मक रुपमा बालबालीकाले गुणस्तरिय शिक्षा पाएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताए ।