Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मानव बेचविखन तथा ओसार पसार बारे किशोरीहरुलाई अभिमुखीकरण

  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  •  

    माइती नेपाल बर्दियाले गुलरियामा मानव बेचविखन तथा ओसार पसार बारे किशोरीहरुलाई अभिमुखीकरण गराएको छ ।

    गुलरियामा विभिन्न समुदायको प्रतिनिधित्व गराई किशोरीहरुलाई मानव बेचविखनको समग्र अवस्था तथा आवश्यक विषय बस्तुमा का वारेमा सचेतना मुलक अभिमुखिकरण गराएको हो ।

    बर्दियाको गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकाका ५० जना किशोरीहरुलाई सचेत पार्दै उनिहरु मार्फत सम्भावित जोखम क्षेत्रका किशोरीहरुलाई समेत अभिमुखकरण गराएको माइती नेपाल बर्दियाले जनाएको छ ।

    मानव बेचविखनको परिभाषा, त्यसको बर्तमान अवस्था, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार गरिएको कानुनी व्यवस्था लगायतका विषयमा किशोरीहरुलाई प्रष्ट पारिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिईन ।

    गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गीरीको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा मानव बेचविखनका सन्दर्भमा दलालले अपनाउने तौर तरिका, मानव बेचविखनका सम्भावित स्थानहरु, यसबाट जोगिने सक्ने उपाय तथा मानव बेचविखन हुने विभिन्न किसिमका प्रयोजनका विषयमा किशोरीहरुलाई जानकारी गराइएको छ ।


    ADVERTISEMENT

    images

    मानव बेचविखनका विषयमा जानकारी लिनका निम्ती कार्यक्रममा किशोरीहरुको सक्रिय सहभागीता रहेको थियो ।

    सहभागी किशोरीहरुले मानव बेचविखनबाट बच्ने र बचाउने उपाय, यसमा भएको प्रचलित कानुनी व्यवस्थाको सन्दर्भमा जिज्ञाशा राखी थप प्रष्ट हुने मौका समेत पाएका छन ।

    मानव बेचविखनमा सम्भावित मानिएको किशोरहरुका लागी उक्त अभीमुखीकरण कार्यक्रम अत्यन्त प्रभावकारी मानिएको सहभागीहरुले जनाएका थिए ।

    माइती नेपालले गुलरियाका किशोरीहरुलाई प्रदान गरेको सचेतनालाई सम्भावित क्षेत्रका किशोरीहरु, समुदाय तथा आफनो गाँउ समाजमा व्यवहारिक रुपमा पु¥याउने प्रतिबद्धता समेत जनाएको माइती नेपाल बर्दियाले जनाएको छ ।

    बर्दिया किशोरी संजालकी अध्यक्ष दिक्षा गीरीको अध्यक्षतामा भएको कार्यक्रममा गुलरियाका २५ जना किशोरीहरुको सहभागीता रहेका थियो । भने मंगलबार बर्दियाको बढैयाताल गाँउपालिकामा २५ जना किशारी कै सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको माइती नेपालकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिईन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij