Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

म.क.दे.मा.वि.मा पनि “विद्यालय बाल संरक्षण निती २०७७” सार्वजनिक

  • बर्दिया टुडे
  • 2.2K
    SHARES

  • गेट गल्स इक्वायलः बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नम्बर ८ स्थीत श्री महाकवि देवकोटा माध्यमिक विद्यालयमा तयार गरिएको बाल संरक्षण निति माथी छलफल गरि सार्वजनिक गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शहबुद्धिन शाहको अध्यक्षतामा भएको बाल संरक्षण निति, आचारसहिंता तथा रिपोर्टिङ्ग संयक्र सम्बन्धि अन्तक्रिया कार्यक्रममा  विद्यालयमा बाल संरक्षनार्थ तयार गरिएको विद्यालयको बाल संरक्षण निति २०७७ विद्यालय व्यवस्थापन समितीको पदाधिकारी,बाल क्लबका विद्यार्थी, अभिभावक लगायतको उपस्थितीमा सार्वजनिक गरिएको फिल्ड सुपरभाइजर सपना शर्माले जानकारी दिईन ।


    ADVERTISEMENT

    images

    उक्त विद्यालयमा सार्वजानिक गरिएको बाल संरक्षण निति कार्यन्वयनयका प्रक्रिया अगाडी बढाइने महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरियाका प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथी च्यामुलाल चौधरीले बताए ।

    विद्यालयले तयार पारेको उक्त बाल संरक्षण नितिको कार्यन्वयन गर्न विद्यालयमा बालबालिकाले खेल्नुपर्ने भुमिका, शिक्षकले खेल्नु पर्ने भुमिका तथा विद्यालय व्यवस्थापन समितीको भुमिकाका लगायत संरक्षण निती विद्यालयकी फोकल शिक्षक विनिता घिमिरेले कार्यक्रममा बाचन गरेर सुनाएकी थिईन ।

    प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लब बाँकेको अयोजनामा भएको कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर डम्मर बहादुर परियारले गरेका थिए ।

    विद्यालयले निर्माण गरेका बालसंरक्षण नितिमा नितीका उद्धेश्य, क्षेत्रहरु, बाल संरक्षणमा विद्यालयको प्रतिबद्धता, विद्यालय संग सम्बद्ध व्यक्तिहरुको लागी आचारसहिंता, व्यवस्थापन समित वा शिक्षक अभिभावक संघका लागी आचारसहिंता तथा विद्यार्थीहरुका लागी अचारसंहिता गर्नुपर्ने आचरण र व्यहार लगायतका कुराहरु समेटिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij