Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थारु तथा  सोनाहा होमस्टे संग्रहालय तथा तालिम भवनको उद्घाटन

होमस्टे तथा संग्रहालयकाे विकास र थप संरचनाका लागि प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्षमा १० लाख उपलब्ध गराउने लुम्बिनी प्रदेश सांसद दिपेश थारुकाे प्रतिवद्धता
  • बर्दिया टुडे
  • 4.5K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका वडा नं. १ मुरगहवामा थारु तथा  सोनाहा होमस्टे संग्रहालय तथा तालिम भवनको उद्घाटन गरिएको छ ।

    एक कार्यक्रमका विच बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद दिपेश थारु र राजापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष खुशीराम चौधरीले सोमवार संयुक्त रुपमा थारु तथा सोनाहा होमस्टे संग्रहालय तथा तालिम भवनको उद्घाटन गरेका हुन् ।


    ADVERTISEMENT

    images

    कार्यक्रममा प्रदेश सांसद थारुले सोनाहा र थारु जातिको संस्कृती संरक्षण र विकासका लागी होमस्टे संग्रहालय र तालिम भवन निर्माण हुनु अत्यन्तै सुखद पक्ष भएको बताउँदै होमस्टे तथा संङ्ग्राहालयको विकास र थप संरचनाका लागि प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्षमा १० लाख उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    उनले व्यवसाय प्रवद्र्धन गर्ने प्रस्तावना सहित आएमा संस्कृति तथा पर्यटन मन्त्रालयबाट समेत आवश्यक सहयोगका लागि पहल गर्ने वताए ।

    थारु तथा सोनाहा जातिले आफ्नो पेशा निर्वाद रुपले गर्न पाउने र स्थानीय मदिरा उत्पादन एवम् विक्री वितरणमा सरकारले नै सहजीकरण गरेमा छोटो समयमै बर्दियाका सोनाहा तथा थारुहरुको आर्थिक प्रगति हुन समय नलाग्ने उनको कथन थियो ।

    उद्घाटन कार्यक्रममा वोल्दै वडाध्यक्ष खुशीराम चौधरीले आफुले वडा तथा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सहयोगका लागि प्रतिबद्ध रहेको बताए ।

    विकास र आर्थिक समृद्धिको प्रसस्त सम्भावना रहे पनि यो क्षेत्रका धेरै जातिहरु चेतनाको अभावले अगाडि आउन नसकेको वडाध्यक्ष चौधरीको तर्क छ ।

    गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज द्धारा संचालित सामुदायिक विकास परियोजना बर्दिया मार्फत थारु तथा सोनाहा सामुदायिक होमस्टेको संग्रहालय तथा तालिम भवन निर्माण कार्य सम्पन्न भएको हो ।

    कुल १९ लाख ६८ हजार ७ सय ९८ रुपैयाको लागतमा निर्मित संग्रहालय तथा तालिम भवनमा गुड नेवर्स इन्टरनेशनल नेपाल÷सोनाहा विकास समाजले ९ लाख ७० हजार नगद सहयोग गरेको छ भने होमस्टेको स्वलगानी ९ लाख ९८ हजार ७ सय ८९ रुपैँया रहेको छ ।

    संग्रहालय तथा तालिम भवनकालागी गुड नेवर्स इन्टरनेशनल नेपाल÷सोनाहा विकास समाजले १ लाख ४४ हजार ९ सय रुपैँया बरावरको फर्निचर तथा फर्निसिङ्ग सामाग्री पनि सहयोग गरेको छ ।

    होमस्टे मार्फत साँस्कृतिक संरक्षण तथा प्रर्बद्धन गर्दै होमस्टेको ब्यवस्थाकिय पक्षमा सुधार गरी आयआर्जनमा तथा स्वरोजगारीमा सहयोग पुर्याउन र होमस्टेमा साँस्कृतिक संग्रहालय संगै तालिम तथा सेमिनार हलको ब्यवस्थापनमा सहयोग गर्न संग्रहालय तथा तालिम भवनको निर्माण गरिएको गुड नेवर्स इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालयका जिविकोपार्जन प्रवन्धक गणेश ढकालले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij