Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको भौरा क्षेत्रमा मौषमी विरामीहरुको सङ्ख्या बढ्दै

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियाको भौरा क्षेत्रमा मौषमको परिवर्तसगैँ देखिने मौषमी विरामीहरुको सङ्ख्या बढ्दै गएको छ ।

    जाडो मौषम सुरु भए पनि केही दिन देखि बढेको चिसोले भौरा क्षेत्रका स्थानीय सहित वालीनाली तथा पशुचौपायाहरु समेत समस्यामा परेका छन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत प्रविण मेडिकल हलका सञ्चालक वैद्यनाथ झा ले सामान्य समस्या देखिनासाथ स्वास्थ्य संस्थाहरुमा आउने स्थानीय बढे पछि स्वास्थ्य समस्या भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकाे वताए ।

    विगतमा मौषमको परिवर्तन हुदाँ सामान्य रुघा खोकी ज्वरो आए पनि स्थास्थ्य सस्थामा नआउने स्थानीयहरु पनि अहिले महामारीका रुपमा रहेको कोरोनाको डरले पनि तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाह अनुसार जाने गरेको स्वास्थ्यकर्मी झा को भनाई छ ।

    प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका प्रमुख डा सुरज श्रेष्ठले विगतमा भन्दा यस वर्ष तुलनात्मक रुपमा स्वास्थ्य समस्या भएका स्थानीय नबढेको वताए। अहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाईमा ध्यान दिने, भिड्भाड्मा नजाने गर्नाले पनि गत वर्षको तुलनामा यस वर्ष व्यक्ति स्वस्थ रहेको डा. श्रेष्ठले वताए ।

    अचेल प्राथमिक स्वास्थ्य कार्यालयममा धेरै जसो दम, सुगर, प्रेशरका सहित मौषमी विरामी आउने गरेका छन् ।

    केहीदिन अघिदेखि बढेको चिसोले भौरा क्षेत्रमा गरिएका तरकारीबालीमा पनि समस्या देखिएको छ । खास गरी आलु खेतीमा डडुवा रोग देखिन सक्ने राजापुर नगरपालिकाका कृषि शाखाका प्राविधिक रमेश वलीले वताए ।

    चिसोले तरकारी खेतीमा नोक्सानी पु¥याउने भएकाले कृषि प्राविधिकहरुसँग समन्वय गर्न कृषि प्राविधिक वलीको आग्रह छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij