Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सडक विस्तारमा भेदभाव गरी काम भएको आरोप

बाटो निर्माणको विषयमा कसैसगँ कुनै प्रकारको सम्झौता नगर्ने वडाध्यक्ष रेग्मीको भनाई
  • बर्दिया टुडे
  • 7.0K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिका वडा नं. ४ वजार भित्रको सडक विस्तारमा भेदभाव गरी काम भएको आरोप लागेको छ । व्यवस्थित वजार वनाउन दुबै तर्फ ३ ३ फिट नाला र २० फिट वाटो हुने गरी वनाउन थालिएको मदरसा विद्यालय अगाडिको बाटोमा पक्षपात पूर्ण काम भएको स्थानीय आजम हस्मीले वताउनु भयो । सडक विस्तार हुनु भन्दा पहिलै नै राजापुर नगरपालिकाको प्राविधिक शाखाका प्राविधिकको टोलिले बाटो र नाला सम्मको भागमा लगाएको रेजाभन्दा कसैको भित्र त कसैको बाहिरै तोडने काम भएको छ । आफ्नै छिमेकमा रहेका अन्य व्यक्तिहरुको तोडफोड नभएको र आफ्नो मात्र काटिएकाले नगरपालिका वडाधयक्षले मान्छे हेरेर काम गरेको आरोप हस्मीको छ । राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मीले बाटो निर्माणको विषयमा कसैसगँ कुनै प्रकारको सम्झौता नगर्ने वताउनु भयो । मदरसा अगाडिको वाटो गत आ व को वजेट जसरी पनि सक्नु पर्ने वाध्यताका कारण कही कतै १ आधा फिट कम वेशी भएको हुन सक्ने र यस आ व मा पनि त्यहि बाटो र नालाको कामका लागि वजेट पारेकाले कसैले पनि मेरो गयो उसको रह्यो भन्नु नपर्ने वताउनु भयो । जमिनमा नाला ३ / ३ फिट र वाटो २० फिट नै हुने र माथिको भागमा नाला नहुने भएकाले २० फिट मात्र रहने वडाध्यक्ष रेग्मीले जानकारी दिनु भयो । पिडित भनेर दुख मान्ने हस्मीकै कारण वाटो वनाउन ढिला भएपछि पटकपटकको सूचना पछि उसको घरमा नगरपालिकाको जेसीवि लागेको वडाध्यक्षको भनाई छ । भविष्यसम्मका लागि वन्ने वाटोमा एक अर्कालाई दोषारोपण गर्नु भन्दा सबैलाई समान तरिकाले व्यवहार गर्दा काममा समन्वय र अपनत्व हुने देखिन्छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij