बाल संरक्षण निति सार्वजनिक गर्दै आचारसहिंता तथा रिपोर्टिङ्ग संयत्र सम्बन्धि अन्तक्रिया
बर्दिया टुडे
मंसिर ३०, २०७७ मंगलवार
१८:२०:०० मा प्रकाशित
2.0K
SHARES
2.0K
SHARES
विद्यालय बाल संरक्षण निति, आचारसहिंता तथा रिपोर्टिङ्ग संयत्र सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गेट गल्स गेट इक्वायलः बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नम्बर १२ स्थीत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तयार गरिएको बाल संरक्षण निति माथी बृहत छलफल गरि सार्वजनिक समेत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उक्त विद्यालयमा बाल संरक्षनार्थ तयार गरिएको विद्यालयको बाल संरक्षण निति २०७७ माथी विभिन्न समुह बनाई कार्यन्वयनयका प्रक्रिया अगाडी बढाइने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भैंसाहीका प्रधानाध्यापक पिताम्बर चौधरीले जानकारी दिए।
गुलरिया १२ स्थती श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तयार पारिएको उक्त बाल संरक्षण नितिको कार्यन्वयन गर्न विद्यालयमा बालबालिकाले खेल्नुपर्ने भुमिका, शिक्षकले खेल्नु पर्ने भुमिका तथा विद्यालय व्यवस्थापन समितीको भुमिकाका विषयमा समेत निष्कर्षमा पुगेको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लब बाँकेको अयोजनामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकार, शिक्षक, बाल क्लबका पदाधिकार विद्यार्थी, जनप्रतिनिधी लगायतको सहभागीतामा भएको हो ।
कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर डम्मर बहादुर परियारले गरेका थिए ।
विद्यालयले निर्माण गरेका बालसंरक्षण नितिमा नितीका उद्धेश्य, क्षेत्रहरु, बाल संरक्षणमा विद्यालयको प्रतिबद्धता, विद्यालय संग सम्बद्ध व्यक्तिहरुको लागी आचारसहिंता, व्यवस्थापन समित वा शिक्षक अभिभावक संघका लागी आचारसहिंता तथा विद्यार्थीहरुका लागी अचारसंहिता गर्नुपर्ने आचरण र व्यहार लगायतका कुराहरु समेटिएको विद्यालयले जनाएको छ ।