गुलरियामा नगरस्तरिय महिला संजालहरुलाई पैरवी तथा क्षमता विकास तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग गुलरिया नगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लब बाँकेको साझेदारीमा बाल विवाह छिटो तथा जबरजस्ति गरिने विवाह न्युनिकरण परियोजना अन्तर्गत गुलरियाका महिला संजालहरुलाई शुक्रबार र शनिबार गरि २ दिन सम्म तालिम दिइएको हो ।
गुलरियामा प्रदान गरिएको तालिममा बाल अधिकारका सिद्धन्त, बालविवाहले निम्तीन समस्याहरु, नेतृत्वको शैली, संवादलाई प्रेरित गर्ने मुख्य कुराहरु, सहमतिको विन्दु लगायतका विषयमा महिलाहरुलाई प्रशिक्षित गराइएको थियो ।
२ दिन सम्म संचालन भएको नगरस्तरिय महिला संजालहरुलाई पैरवी तथा क्षमता विकास तालिमको प्रतिवेदन अनिता परियारले पेश गरेकी थिईन । उक्त तालिमले महिलाहरुको अधिकार, विवाहका समास्या अन्य स्थानिय बोल्न सक्ने क्षमता प्रदान गरिेको तालिममा सहभागी हुन आएकी सिता महरले बताईन । गुलरियामा दिइएको उक्त तालिमको सहजीकरण तालिम सहजकर्ता हिमा सुनारले गरेकी थिईन भने कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपर भाइजर डम्मर बहादुर परियारले गरेका थिए।