Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाल संरक्षण निती तथा बालअधिकार कार्यविधि निर्माण कार्यशाला सम्पन्न

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  •  

    बाल संरक्षण निती तथा बालअधिकार कार्यविधि निर्माण कार्यशाला सम्पन्न भएको छ ।

    प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब बाँकेको साझेदारीमा सचालित बाल संरक्षण परियोजना अन्तर्गत उक्त कार्यशाला बर्दियाको मधुवन नगरपालिकामा सम्पन्न भएको हो ।

    मंसीर २२ र २३ गते गरि २ दिन सम्म संचालन भएको कार्यशाला कार्यक्रमकी प्रमुख अतिथी तथा मधुवन नगरपालिकाकी उपप्रमुख शुवरानी थारुको आतिथ्यतामा कार्यक्रम भएको हो ।

    बाल अधिकार कार्यविधि निर्माणमा नगरपालिकाको पुर्ण समर्थन रहि बाल अधिकारको सुनिश्चितताका लागी आफुहरु लागी परेको उपप्रमुख थारुले बताईन ।
    उनलेबाँके युनेस्को क्लबले बाल अधिकारका क्षेत्रमा गरेको कार्यक्रम प्रशंसा समेत गरेकाे भएको बाँके युनेस्को क्लबका फिल्ड सुपर भाइजर डम्मर बहादुर परियारले जानकारी दिए ।

    बाँके युनेस्को क्लबले बर्दियाका विभिन्न पालिकाहरुमा आफना कार्यक्रमहरु गर्दै आएको छ ।

    मधुवन नगरपालिकामा संचालन भएको २ दिने बाल संरक्षण निती तथा बालअधिकार कार्यविधिी निर्माण कार्यशालामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, सुचना अधिकारी पार्वती पण्डित, लगायत स्थानिय १५ जनाको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपर भाइजर डम्मर बहादुर परियारले गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij