Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नदी बगेर वगरमा परिणत भएको जनताको जग्गा जनतालाई नै फिर्ता गरिने

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    उर्जा, जलश्रोत तथा सिंचाई मंत्री वर्षमान पुनले नदी बगेर वगरमा परिणत भएको जनताको जग्गा जनतालाई नै फिर्ता गरिने अभियान थालीने वताएका छन।


    ADVERTISEMENT

    images

    गेरुवा नदिको कटान वाट वगरमा परिणत भएको गेरुवा गाउँपालिका वडा नं. ४ स्थीत रजवन्धुवा क्षेत्रको अवलोकन गर्दै सनिवार मंत्री पुनले वन मन्त्रालय संग सहकार्य गर्दै गेरुवा नदिलाई पुरानै धारमा परिवर्तन गरी नदिमा बगेको किसानको जग्गा किसान लाई फिर्ता गर्न आफुहरु लागिपरेको वताएका हुन।

    मंत्री पुनले राजापुर क्षेत्र अन्नको भण्डार भएकाले परम्परागत सिचाइलाइ आधुनिक बनाउन बुढीकुलो ओखरिया इन्टेकलाई सुधार गर्नकालागी बालुवा थिग्राउने मेसीन लगायत आवश्यक उपकरणकालागी सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

    यसै बिच मंत्री पुनले शनिवारनै बर्दियाको राजापुर २ मा रहेको नयाँगाउ सवस्टेशनको उद्घाटन गर्दै उज्यालो नेपाल अभियान जारी राख्न आफु निरन्तर लागी परेको बताए।

    सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा मंत्री पुनले राजापुर सिचाँइ आयोजना कार्यलय गत बर्षनै राजापुरमा कार्यलय निमार्णगर्ने निर्णय भैसकेको र आगामी आर्थिक बर्ष २०७८ /०८९  मा कार्यलय स्थापना गराउने प्रतिवद्धता जनाए। 

    संञ्चारकर्मी केशव कोईरालाको सहयोगमा तयार पारिएको सामाग्री

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij