Logo

सोमवार, भाद्र १ गते २०८३ / Monday, 2026-08-17

images
images

महिला पत्रकारहरुलाई वातावरणीय संरक्षण तथा लैङ्गिग समानता सम्बन्धि अभिमुखीकरण

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    बर्दियामा वातावरणीय संरक्षण तथा लैङ्गिग समानता र सामाजिक समावेशीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    सन्चारिका समुह बर्दियाको आयोजना, हरियो वन कार्यक्रमको आर्थिक सहयोग र थारु महिला उत्थान केन्द्र बर्दियाको साझेदारीमा वन वातावरण सम्बन्धि जानकारी गराउने उद्धेश्यले उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    वन विनास, वन्यजन्तु चोरी सिकारी तथा मानव वन्यजन्तु बीचको द्धन्द र वन्यजन्तु बाट हुने क्षतिको बाट प्राप्त हुने राहत सहयोग सन्दर्भमा गरिएका कानुनी व्यवस्थाहरु ल्गायतका विषयमा प्रष्ट पारिएको छ ।

    बर्दिया जिल्लामा समय समयमा मानव र वन्य जन्तुबीचको द्धन्दले समस्या निम्तीरहेका हुन्छन । यसबाट नागरिकलाई समस्या परेका र क्षतिबारे भएका कानुनी व्यवास्था बारे बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले अभिमुखीकरण गराउनु भएको थियाे ।

    नेपालको संविधान २०७२, त्यसमा उल्लेखीत मौलिक हक, कर्तव्य, लैङ्गिक समानता र सामावेशीकारण सम्बन्धि संवैधनिक व्यवस्था बारे सहभागीहरुलाई बार एशोसियशन बर्दियाको अध्यक्ष काशीराम चौधरीले सहजिकरण गर्नु भएको थियाे ।

    बर्दियाको ठाकुरबाबा नगरपालिकामा अवस्थीत बर्दिया राष्ट्रिय निकुञ्जमा सो कार्यक्रम गरिएको थियाे ।

    वातावरणीय संरक्षण तथा लैङ्गिग समानता र सामाजिक समावेशीकरण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रममा चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानका युवा प्रतिनिधि, स्थानिय महिला जनप्रतिनिधी, बडघर, सामुदायिक वनका प्रतिनिधि, सक्रिय महिला पत्रकार लगायतका उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij