बर्दियाका २ सय ४० जनालाई स्वरोजगार बनाउन तालिम दिइने
बर्दिया टुडे
मंसिर २५, २०७७ बिहिवार
१९:२२:०८ मा प्रकाशित
1.7K
SHARES
1.7K
SHARES
बर्दियाका २ सय ४० जनालाई स्वरोजगार बनाउन तालिम दिइने भएको छ ।
युरोपियन युनियनको फन्डमा ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्तर्गत मागमा आधारित व्यवसायिक सीप साझेदारी कार्यक्रमको जिल्ला परामर्श बैठकममा साे कुराकाे जानकारी दिईएकाे हाे ।
युसेप नेपाल र वल्र्ड भिजन एडभोकेसी फोरमको साझेदारीमा संचालित कार्यक्रम बाट बर्दियाका २ सय ४० जनालाई स्वारोजगार बनाइने उद्धेश्य राखिएको युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिए ।
ADVERTISEMENT
पछिल्लो समय युवाहरु रोजगारी नपाएर बाहिर जान बाध्य भएका छन । भने कतिपय युवाहरु शैक्षिक योग्यता भएपनि उनिहरुले योग्यता अनुसारको काम नपाएको गुनासो बढ्दै गएको छ । सोही कुरालाई पनि मध्यनजर गरी ३ महिने तालिमको अयोजना गर्न लागिएको जिल्ला संयोजक चौधरीको भनाई छ ।
जिल्लाको बारबार्दिया, बाँसगढी नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिका लगायत जिल्ला भरिका युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य राखी तालिमहरु संचालन गरिने जिल्ला संयोजक चौधरीको भनाई छ ।
युसेपले काम गरिरहेको पालिकाहरुमा स्थानिय जनप्रतिनिधि, सरोकारवाला निकायलाई जम्मा गराई कहाँ कुन किसिमको तालिम संचालन गर्ने विषयमा छलफल भइसकेको छ । केही दिनमै उक्त तालिमहरु संचालन गरिने संस्थाले जनाएको छ । बर्दियामा युवालाई रोजगार बनाउने अपेक्षा सहित इलेक्ट्रिसियन, पलम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डरको तालिम प्रदान गरिने संस्थाले जनाएको छ ।