Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लैङ्गिकहिंसा,बालविवाह र संरक्षका सवालमा कानुनी प्रावधान तथा कार्यन्वयको अवस्था बारे छलफल

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    बालविवाह,चाँडै गरिने र जबरजस्ती गरिने विवाह न्युनिकरण परियोजना अन्तर्गत सरोकारवाला निकाय संग अन्तक्रिया भएको छ ।

    लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानका संचालन भइरहँदा लैङ्गिकहिंसा, बाल विवाह र संरक्षका सवालमा राष्ट्रिय रणनिति कानुनी प्रावधान तथा कार्यन्वयको अवस्था बारे अन्तरक्रिया गरिएको हो ।

    गुलरिया नगरपालिका अन्तर्गत रहेको महिला तथा बालबालिका शाखाको आयोजना र प्लान इन्टरनेशनल तथा बाँके युनेस्के क्लबको समन्वयमा बाल अधिकार संरक्षण समितीका पदाधिकारी, संचारकर्मी, युवा समुह, किशोरी क्लबका पदाधिकारी, जनप्रतिनिधी लगायतका व्यक्तिहरुको सहभागीतामा अन्तरक्रिया भएको बाँके युनेस्को क्लब गुलरियाकी फील्ड सुपरभाइजर सपना शर्माले जानकारी दिईन ।


    ADVERTISEMENT

    images

    कार्यक्रममा स्थानीय तहले बालविवाह रोकथामका सम्बन्धमा निती निर्माण गरि कार्यविधि तयार गरि कार्यगर्न आवश्यक रहेको औंल्याइएको थियो । बढी जोखिम भएको स्थानका बालबालिका तथा अभिभावक समक्ष पुगी संचेतना फैलाउनु पर्ने कार्यक्रमका सहभागीले जोड दिएका छन ।

    विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरु समक्ष पुगी बालविवाह गर्नले जीवनमा पर्न सक्ने असर, भविष्यमा आउने सम्भावित समस्या तथा रोकथामका उपाय बारे सचेतना फैलाउनु पर्ने कार्यक्रममकी सहभागी किशोरी दिक्षा गीरीले बताईन ।

    गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गीरीले नगरपालिकामा बालविवाह रोकथाम सम्बन्धि निती निर्माण गरि सकिएको जानकारी गराउँदै  उक्त नितीलाई कार्यन्वयन गर्न कार्यविधी निर्माण गर्न आवश्यक रहेको बताईन ।

    बर्तवान समयमा भाैतिक संरचना तथा बाटो पुलपुलेसालाई मात्रै विकासका रुपमा बुझ्ने प्रवृत्तिकाे विकास भएको बताउँदै उनले समाजिक क्षेत्रमा समेत फराकिलो विकास हुन आवश्यक रहेको कुरामा जोड दिईन । बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, लगायतका क्षेत्रमा समेत बजेट बृद्धि गर्न आवश्यक रहेको उनको भनाई थियो ।

    यसैबीच बाँके युनेस्को क्लबले बालविवाह न्युनिकरणको लागी स्थानिय नेतृत्व निर्णायक व्यक्तित्व तथा अन्य सरोकारवाला संग समन्वय संलग्न तथा कार्य योजना निर्माण बारे पनि छलफल चलाएको छ ।

    विभिन्न धार्मिक अगुवाहरु, बड्घर, सहकारी, महिला, लैगिंक तथा अल्पसख्यक, स्थानिय जनप्रतिनिधी लगायतको उपस्थितीमा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बालबालिकाहरुको चाँडै विवाह किन हुन्छ ? विद्यालय जानमा किशोरीहरु पछि पर्नुको कारण तथा महिनावारी भएकै कारण विद्यालय जान नसकेको समस्या माथी छलफल गरिएको छ ।

    विद्यालयमा अध्ययन गरिरहेका कतिपय विद्यार्थीहरु महिनावारी भएकै कारण समेत विद्यालय जान बाट बन्चित भएका छन । जसका लागी विद्यालयमा सेनेटरी प्याडको व्यवस्था मिलाउन विभिन्न संघ संस्था, गुलरिया नगरपालिका लगायतले आवश्यक पहल गर्नु पर्ने कुरामा सपना शर्माले जाेड दिईन ।

    नियमीत विद्यालय जाने विद्यार्थीका लागी स्कुलमै सेनेटरी प्याडको व्यवस्था मिलाउने विषयमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको छ । भने बाँके युनेस्को क्लबले बर्दियाका विभिन्न पालिकाहरुमा बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij