Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वाल संरक्षण समितिका पदाधिकारीहरुलाई क्षमता विकास तालिम

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा वाल संरक्षण निती, प्रणाली तथा घटना व्यवस्थापन सम्बन्धि क्षमता विकास तालिम बुधवार देखि सञ्चालन भएको छ।

    वाल अधिकारको धारणा तथा चेतनाको अभिवृद्धि गर्दै आपत्कालिन अवस्थामा वाल संरक्षणका संयन्त्रहरुको महत्व वारे जानकारी दिन र घटना व्यवस्थापनको संयन्त्र स्थापना गर्न तालिमको आयोजना गरिएको हो।

    प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको वाल संरक्षण परियोजना अन्तरगत बाँके युनेस्को क्लव नेपालगञ्जको साझेदारीमा गाउँपालिकाले तालिमको आयोजना गरेको हो।

    तालिममा गेरुवा गाउँपालिका वाल संरक्षण समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

    चार दिन सम्म सञ्चालन हुने तालिमको सहजीकरण ग्लोवल युथ लिडर्स नेटवर्क (ग्यालेन) का निर्देशक वसन्त कुमार बी. सी. ले गर्ने छन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij