Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियायामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बर्दियामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    गेरुवा गाँउपालिका वडा ५ का ७२ बर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा सोमबार विहान १ :११ बजे मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय बर्दियाका अनुसार उनमा कोरोनाको लक्षण देखिएपछि मंसिर १३ गते नमूना परिक्षण गर्दा १४ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

    स्वास्थ्यमा समस्या आएपछि मंसिर १४ गते अस्पतालमा भर्ना भएका उनलाई रोगको प्रकृति अनुसार, अक्सिजन थेरापी, रेमडि सिभिरल गायतबाट उपचार गर्दा गर्दै सोमबार विहान सवा १ बजेर ११ मिनेटमा मृत्यु भएको हो ।

    यो संगै बर्दियामा १५ जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij