Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मल अभावमा धानको उत्पादन घट्योः कृषक

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    देशभरी धानको उत्पादन बढेको तथ्याङ्कआईरहेको समयमाबर्दियाका कृषकहरुले रासायनीकमलको अभावमाधानको उत्पादन घटेको बताएका छन् ।

    बर्दियाको एक कार्यक्रममा कृषकले समय मै रासायनीकमलको नपाउँदाधानको उत्पादन घटेको बताएकाहुन् ।

    बर्दियाको मुधवन नगरपालिकामा रहेको ताराताल सानाकिसानकृषि सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारण सभा सो कुरा बताएकाहुन् ।

    साधारण सभामा सहभागी कृषकहरुले सरकारले समयमा मल नदिँदा कृषकहरुले समस्या झेल्नु परेको बताए ।

    यसपटक भारतिय सिमामा कडाई भएको कारणले पनि भारतको सिमावर्ती बजारबाट कृषकले ल्याउने मल समेत ल्याउन नपाएको बताएका छन् ।


    ADVERTISEMENT

    images

    मधुवन ७ का कृषक गंगाराम गुरुङ्गले मलनपाएको कारणले धानको उत्पादन गत बर्षको तुलनामा कम भएको बताउनु भयो । उहाँले भन्नुभयो –‘गतबर्षको भन्दा बर्षात र सिचाई राम्रो भएपनि यस बर्ष धान राम्रो सँग फलेन । मल नै पाईएन कसरी धान फल्नु ।’

    सानाकिसान कृषि सहकारी संस्था लिमिटेड तारातालका अध्ययक्ष प्रेम प्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुखअतिथि माननिय संघिय सांसद बिमला बि.क. तथा विशिष्ट अतिथि लुम्बिनि प्रदेशका सभासद् कुल प्रसादपोख्रेल , बिशेष अतिथी मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री रहेका थिए ।

    कृषकहरुको रासायनीक मलको गुनासोलाई सम्बोधन गर्दै संघिय सांसद विमलावि.क.ले यस बर्ष कृषकहरुलाई रासायनीक मलको अभावमा निक्कै सास्ती भएको बताएकी छन् । कृषीमन्त्रालयमा पटक पटक धाउँदा समेत कृषकहरुलाई मल पुर्याउन नसकेको बताउँदै आगामी बर्षमा रासायनीक मलको समस्या हुन नदिन सरकारले अहिले देखि नै तयारी थालेको बताईन । उनले रासायनीकमलको दिर्घकालिन समस्या समाधानका लागि अर्थ मन्त्रीको नेतृत्वमा समिति समेत बनेको बताउँदै आगमी केही समयमा नेपाल मै रासायनीक मलउत्पादन गर्ने तयारी भएको बताईन ।

    सांसद वि क ले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋिण लिने नगरी भबिष्यकालागि सोचेर केहि नयाँ कामको थालनि गर्नुपर्ने बताईन । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाहा पनि आफैले गर्नुपर्ने भन्दै उनले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गरिन ।

    त्यस्तै विशिष्ट अतिथि लुम्बिनि प्रदेशका सभासद कुल प्रसाद पोख्रेलले कार्यक्रममा बोल्दै सानाकिसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स सानाकिसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे ।

    कार्यक्रमका बिशेष अतिथीको आसनबाट बोल्दै मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले सम्पूर्ण नगरपालिकाभित्र रहेका सहकारीलाई सहयोग गर्न मधुवन नगरपालिका तयार रहेको बताउनु भएको छ । उहाँले संस्था लाभदायिक भन्दापनि सेवामुखी बढी हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा आर्थिक बर्ष २०७६/७७को आयव्यय प्रस्तुत गरिएको थियो । सानाकिसान कृषी सहकारी संस्था लि. बर्दियाको पहिलो सानाकिसान सहकारी हो । वि.स. २०५५ सालअसोज ४ गते स्थानिय २९ जना शेयर सदस्यको २ हजार नौ सय रुपैयाँबाट सुरु भएको सहकारीमाहाल २ हजार ६ सय ८ जना शेयर सदस्यहरु रहेका छन् । सहकारीमाअहिले ३ सय ५४ ओटा समुह रहेका छन । संस्थाले गतआर्थिक बर्षमा १ करोड १७ लाख २२ हजार ६ सय ८४ रुपैयाँ खुदनाफा कमाएको छ ।

    सहकारीले शेयर सदस्यका छोराछोरीहरुलाई प्रत्येक बर्ष ४ जनालाई कृषि सम्बन्धि अध्ययनकालागि इजरायलमा पठाउदै आएको छ । हाल सम्म यस सहकारीबाट २४ जना कृषि सम्बन्धि अध्ययनका लागि इजरायल गईसकेका छन् । भने हरेक बर्ष यस सहकारीले जेष्ठनागरीक, उत्कृष्ट कृषक, उत्कृष्ट एस ई ई काविद्यार्थी, उत्कृष्ट ऋणीलाई समेत सम्मान गर्ने गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij