Logo

सोमवार, भाद्र १ गते २०८३ / Monday, 2026-08-17

images
images

बर्दियामा बस दुर्घटना ३३ जना घाइते

गेरुवा गाउँपालिका निवासी माण्डवी थापा गम्भीर घाइते
  • बर्दिया टुडे
  • 3.8K
    SHARES
  •  

    बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित खैरापुरमा बस दुर्घटना भएको छ। गुलरियादेखि पश्चिमतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको गुडिरहेको बस अनियन्त्रित भएर सडक किनारमा पुग्दा बसमा सवार ३३ यात्रु घाइते भएका छन्।

    गेरुवा गाउँपालिका निवासी माण्डवी थापा गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँके रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए।

    दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइहेकोले फरार चालकको खोजी कार्य जारी रहेको निरीक्षक थापाको भनाइ छ।

    बर्दिया अस्पतालबाट ४ जनालाई बाँके रेफर गरिएको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए। रेफर गरिएको मध्ये १ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। 

    अन्य घाइतेहरुको बर्दिया अस्पतालमै उपचार भइरहेको छ। घाइतेको टाउको, ढाड, लगायत हातखुट्टमा चोट लागेकाले बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको उनले जानकारी दिए। श्राेतः अन्नपूर्ण पाेस्ट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij