बर्दियामा कार र टिपर ठोक्किएर दुर्घटना हुँदा दुईको मृत्यु
तीन जना गम्भीर घाइते
बर्दिया टुडे
मंसिर १८, २०७७ बिहिवार
१६:१९:४७ मा प्रकाशित
2.1K
SHARES
2.1K
SHARES
बर्दिया को मधुवन नगरपालिका वडा नं. ४ स्थित माचड चोकमा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चिसापानि वाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरित दिशा बाट आउदै गरेको वा १६ च २४५३ नम्वर को कार माचड चौकमा दिउसो करीव २ :३० वजे एक आपसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढोढरी ले जनाएको छ ।
ADVERTISEMENT
दुर्घटनामा गुलरिया नगरपालिका वडा नं. ४ का २५ वर्षिय सुरेन्द्र गोडिया र कन्चनपुरकी १८ वर्षिय निधी सुनार को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गुलरिया ४ का २५ वर्षिय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षिया कृतिका सुनार तथा कन्चनपुरकी २५ वर्षिया कमला सुनार गम्भीर घाईते भएका छन् ।
घाईतेहरुलाई थप उपचारको लागी नेपालगञ्ज लगिएकाे प्रहरीले जनाएकाे छ ।