Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिलन्यास

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा १० शैया आधारभूत अस्पतालको शिलन्यास गरिएको छ ।

    गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले गेरुवा गाउँपालिका वडा नं. ६ नारायणपुरमा सोमवार अस्पतालको शिलन्यास गरेका हुन।


    ADVERTISEMENT

    images

    सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न संघिय सरकारको सहयोगमा आधारभूत अस्पताल निर्माण गरिन लागेको हो ।

    यसरी संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्ने गरी जिल्लाको गेरुवा गाउँपालिका लगायत मधुवन नगरपालिकामा १० शय्या तथा ठाकुरबावा र वाँसगढी नगरपालिकामा १५/१५ शैयाका अस्पताल निर्माण गरिने छन् ।

    अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शैयाका ५२, १० शैयाका एक सय नौ र १५ शैयाका २ सय ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।

    संघीय मामिला मन्त्रालयका अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ । 

    सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछन् । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइनेछन् । 

    पाँच शैयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् ।

    आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij