जन्मदिनको अवसर पारेर बालबालिकाहरूका लागि पुस्तक वितरण
बर्दिया टुडे
मंसिर १४, २०७७ आइतवार
१८:५२:०१ मा प्रकाशित
3.0K
SHARES
3.0K
SHARES
जन्मदिनको अवसरमा पुस्तक वितरण हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.भुरिगाऊँका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर थापाले आफ्नाे जन्मदिनको अवसर पारेर बालबालिकाहरूका लागि पुस्तक वितरण गरेका छन् ।
थापाले श्री जनचाहना आधारभुत विद्यालय ठाकुरबाबा १ डुम्रेनीमा बालकक्षामा अध्ययनरत सम्पूर्ण बालवालिकाहरूका लागि अत्यन्तै उपयोगी
अध्ययन सामग्री All in One पुस्तक सहयोग गरेका हुन् ।
विद्यालयमा बालकक्षामा अध्ययनरत ५५ जना विद्यार्थीहरूका लागि करिब ६ हजार रूपैयाँ बराबरकाे पुस्तक थापाले बिद्यालयमा आयाेजित कार्यक्रमका विच वालवालिकाहरूलाई हस्तान्तरण गरेका हुन् ।
जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा लगाउँदा समाजकाे उन्नति हुने साेचेर पुस्तक सहयोग गरेको र पुस्तक प्राप्त गर्दा बालबालिकाहरूकाे अनुहारमा देखिएकाे खुशीले आफुलाई आनन्दित वनाएकाे प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।
यसैगरी साेही कार्यक्रममा समाजसेवी विनय रावलले जनचाहना आधारभुत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि १ हजार थान मास्क उपलव्ध गराएका छन् ।
कार्यक्रममा समाजसेवी रावलका प्रतिनिधि ईन्द्र साँवद,रमेश रावल र प्रिति गुरूङले विद्यालय व्यवस्थापन समिति अध्यक्ष जन्मजय तिमिल्सिना र प्रधानाध्यापक यज्ञप्रसाद नेपाललाई मास्क हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जन्मजय तिमिल्सिना र प्रधानाध्यापक यज्ञप्रसाद नेपालले सहयोगी दुबै व्यक्तित्वहरू प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगका लागि अनुराेध गरेका थिए ।