नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले विपन्न नागरिकका परिवारलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन ।
बर्दियाको गेरूवा गाउँपालिका ४ निवासी रेग्मीले जोधिपुर का ४४ बर्षिय बलबहादुर रोकायाका बालबच्चाको शिक्षाका लागि २० हजार सहयोग गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
गत भाद्र १८ गते कर्णाली नदीमा दाउरा छोप्ने क्रममा वगेर रोकायको निधन भएको थियो । रोकायको मृत्यु भएपछि परिवारको जीविकोपार्जन लगायत उनका चार छोरीहरुको शिक्षामा समस्या भएको थियो ।
रेग्मीले स्वर्गीय रोकायाको घर जोधिपुर पुगी धर्मपत्नी रेवान्ता रोकायलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै उनले रोकायकी ६ वर्षीय छोरी लक्ष्मीलाई १२ कक्षा पढाउने जिम्मा लिँदै प्रत्यक बर्ष जन्मदिनको अवसर पारेर २० हजार नगद सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सहयोग हस्तान्त्रण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तेजराज भाटले रेग्मीले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै फजुल खर्चलाई कटौती गरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको बताए ।