Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर नगरपालिकामा पनि सञ्चालनमा आयो अस्थायी कोभिड–१९ अस्पताल

गुणस्तरिय सेवा प्रवाहका लागी कुनै पनि कसर बाँकी नराखिने- नगरप्रमुख शिवप्रसाद चौधरी
  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    राजापुर नगरपालिकामा अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ ।

    कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि नगरपालिकाले वडा नं. ४ मा रहेको नगरपालिकाको पुरानो भवनमा अस्पताल सञ्चालनमा ल्याएको हो ।

    ४० शैयाको कोभिड–१९ कोरोना अस्पतालको सनिवार प्रदेश सभासद् दीपेश थारुले उद्घाटन गरे संगै सञ्चालनमा आएको हो ।


    ADVERTISEMENT

    images

    अस्पतालको सम्पूर्ण कार्य पूरा गरी औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएको राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिए ।

    अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ । अस्पतालका लागि नगरपालिकाले दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीको व्यवस्था गरेको छ ।

    शनिवार देखिनै सञ्चालनमा ल्याईएको अस्थायी कोभिड–१९ अस्पतालको लागी चाहिने आवश्यक उकरणका लागि आफुले पहलगर्ने प्रदेश सभासद् दीपेश थारुले प्रतिवद्धता जनाए । भने नगरप्रमुख शिवप्रसाद चौधरीले अस्पतालको स्तरउन्नती तथा गुणस्तरिय सेवा प्रवाहका लागी कुनै पनि कसर बाँकी नराख्ने वताए ।

    बर्दिया जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले १० लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालयका बर्दिया जनस्वास्थ्य अधिकृत गोकर्ण गरीले जानकारी दिए ।

    जिल्लाको गुलरिया नगरपालिकाबाहेक सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

    यस अघी ठाकुरबावा नगरपालिकामा र गेरुवा गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आई सकेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij