Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाँकेमा मोटरसाइकल दुर्घटना, बर्दियाका २ जनाको ज्यान गयाे

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    बाँकेको राप्ती सोनारी गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका २ जनाको ज्यान गएको छ। दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ को नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको मुगुवा खोलानजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवैजना दाजुभाइको ज्यान गएको हो।

    दुर्घटनामा घाइते भएका दाजुभाइलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij