Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकामा कोभिड -१९ अस्पताल सञ्चालनमा

  • बर्दिया टुडे
  • 4.2K
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले वडा नं. २ सिंघाई मा निर्माण गरेको दश शैयाको कोभिड–१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमानसिंह केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले संयुक्तरुपमा उद्घाटन गरे ।


    ADVERTISEMENT

    images

     स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि गेरुवा गाउँपालिकाले अस्पतालको निर्माण गरेको हो । अस्पतालको सम्पूर्ण कार्य पूरा गरी विहीबारदेखि औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएको गेरुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले जानकारी दिए।

    अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।

    सङ्घीय सरकारले अस्पताल नभएका बर्दियाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रु १० लाखका दरले बजेट पठाइसकेको छ । बर्दिया जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका बर्दिया जनस्वास्थ्य अधिकृत गोकर्ण गरीले जानकारी दिए । जिल्लाको गुलरिया नगरपालिकाबाहेक सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यस अघी ठाकुरबावा नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आई सकेको छ।

    अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहले पाँच लाख शैया लगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने रु ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ । यस्तै रु चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा यी अस्पताल सञ्चालन गर्नुपर्ने बताइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij