Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

ठाकुरबाबा, बाँसगढी र राजापुर नगरपालिकाका एक /एक जना रहेको स्वास्थ्य कार्यालय बर्दिया द्वारा जानकारी
  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    पछिल्लो २४ घण्टामा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा, बाँसगढी र राजापुर नगरपालिकाका एक/एक जना रहेका छन ।

    सोमवार दिउँसो १ः४५ बजे ठाकुरबाबा नगरपालिका–२ का २९ बर्षिय युवकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । रिपोर्ट नआउँदै मृत्यु भएका उनको सोमबार बेलुकी ६ बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

    त्यस्तै सोमवार राती सवा ८ बजे बाँसगढी नगरपालिका वडा नम्वर ८ का ३५ बर्षीय पुरुषको उपचारका क्रममा वेष्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको होे । खुट्टाको जोर्नीमा समस्या भएपछि आइतवार अस्पताल भर्ना भएका उनमा सोमबार बेलुकी ५ बजे पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

    त्यसैगरी भर्खरै मात्र प्राप्त समाचार अनुसार बर्दियाको राजापुर नगरपालिका वडा नम्वर ८ का ३२ बर्षिय पुरुषको कोरोनाका कारण आज बिहान ११ बजे मृत्यु भएको छ । उनी स्वास्थ्यकर्मी भएको वडा नम्वर ८ का वडाअध्यक्ष चिन्तामणी आचार्यले बताए । यो संगै बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij