Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नरभक्षी बाघ हप्तादिन पछि नियन्त्रणमा

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा आतंक मच्चाएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । 

    बाघ नियन्त्रण टोलीले गेरूवा गाउँपालिका ४, राजिपुरबाट आज दिउँसो बाघलाई  नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय शान्तिबजारका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए ।

    बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले डार्ट (बेहोस) बनाएर बाघलाई नियन्त्रणमा लिएको हो ।  

    बाघ नियन्त्रण टोलीले एक हप्ता अघिदेखि बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको गेरूवा गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाघ नियन्त्रणमा लिने प्रयास जारी राखेको थियो ।

    पछिल्लो समय त्यसक्षेत्रमा बाघले घर पालुवा जनावरसँगै मान्छेको ज्यान नै लिई आतंक मच्चाएको थियो । बाघ नियन्त्रणमा आएपछि स्थानियले केही राहत महशुस गरेका छन ।

    गत १५ गते बाघको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नं. ४ का लाहानु थारुकाे ज्यान गएकाे थियाे ।

    राजीपुर गाउँका चाैकीदार समेत रहेका ६८ वर्षीय थारु शनिवार गाउँ देखि पुर्व तर्फ गेरुवा नदी किनारमा रहेकाे आवादी जग्गामा  चरी चरणका लागी छाेडिएका गाेरु फर्काउन गएका थिए ।   

    साँझ  ६ बजे  हिरा प्रसाद थारुकाे खेतमा बाघले आक्रमण गरी उनकाे ज्यान लिएकाे थियाे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij