Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा पति पत्नीको ज्यान गयाे

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    बर्दियामा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किंदा पति पत्नीको ज्यान गएको छ ।

    नेपालगन्ज गुलरिया सडक खण्ड अन्तगर्त पर्ने बढैयाताल ७, पचासामा सडक दुुर्घटना हुँदा मोटरसाइकलमा सवार पचासा निवासी २५ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीय ललिता रिमालको ज्यान गएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० नं.को मोटरसाइकल र काठ लिएर विपरित दिशाबाट जाँदै गरेको भे १ त ५०९९ नम्वरको ट्रयाक्टर एक आपसमा ठोक्किएको हो ।

    दुर्घटनामा गम्भीर घाइते रिमाल दम्पतिको नेपालगन्ज पठाइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij