Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाघको आक्रमणबाट गाउँका चाैकीदारकाे ज्यान गयाे

निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्दै
  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    बाघको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नं. ४ का लाहानु थारुकाे ज्यान गएकाे छ ।

    राजीपुर गाउँका चाैकीदार समेत रहेका ६८ वर्षीय थारु शनिवार गाउँ देखि पुर्व तर्फ गेरुवा नदी किनारमा रहेकाे आवादी जग्गामा  चरी चरणका लागी छाेडिएका गाेरु फर्काउन गएका थिए ।   

    साँझ  ६ बजे  हिरा प्रसाद थारुकाे खेतमा बाघले आक्रमण गरी उनकाे ज्यान लिएकाे हाे ।
        
    गाेरु फर्काएर ल्याउदै गर्दा  एक्कासी बाघले थारुलाई आक्रमण गरेको  वडा अध्यक्ष वलबहादुर चलाउनेले गेरुवा कर्णाली पाेष्टलाई वताए ।

    गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण  बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    पछिल्लो समय बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।

    यसरी बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । 

    बर्दियाकाे राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेका हुन् ।

    निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको छ ।

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij