सुनौलो हजार दिनका बालकालिकालाई पोषण युक्त खाना लिटो वितरण
बर्दिया टुडे
कार्तिक १४, २०७७ शुक्रवार
२१:००:५६ मा प्रकाशित
3.5K
SHARES
3.5K
SHARES
कोरोना भाइरसको संक्रमणमले हुने कोभिड १९ रोगबाट जोगीन लकडाउनका कारण धेरै मानिसलाई विभिन्न समस्या पारेको छ ।
संक्रमणको त्रासले शिक्षा, स्वास्थ्य, कलकारखान, उद्योग, व्यवसाय लागयत विभिन्न क्षेत्रमा प्रभाव पारेको छ ।
नागरिकलाई खाना देखी लिएर हरेक क्रियाकलापमा यस्ले प्रभाव परेको सरकारले जारी गरेको निशेषज्ञाले नागरिकमा प्रभाव परे संगै विभिन्न सरकारी तथा गैरसरकारी, सहयोगी हातहरु कसैलाई भोकै बस्न नपरोस भनि गाँउ गाँउमा राहत लिएर पुगेका छन् ।
यसैबिच शुक्रबार मधुवन नगरपालिकाका सुनौलो हजार दिनका बालकालिकालाई पोषण युक्त खाना लिटो वितरण गरिएको छ ।
मधुवन नगरपालिका क्षेत्रमा रहेका ६ महिना देखी २३ महिन सम्मका १८ सय बच्चाको पोषण सुधारका लागी पोषणयुक्त खाना लिटो, मास्क, सावुन वितरणकाे कार्यक्रम रहेको छ ।
जसमा शुक्रबार वडा नम्बर ६, ९ मा उक्त कार्यक्रम गरिएको हो ।
ADVERTISEMENT
बलियो नेपाल न्युट्रिशन इनिसिएटिभ द्धारा कालिका स्वालम्बन समाजिक केन्द्र तौलिहवा कपिलबस्तुको परिचालन साझेदारीमा उक्त समाग्री वितरण गरेएको केन्द्रका कार्यकारी निर्देशक अर्जून थापाले बताए ।
मधुवन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर विश्वकर्माले कोभिड १९ को महामारी समयमा हजार दिने आमा बच्चाका लागी गरिएको सहयोगका लागी धन्यवाद दिएका छन् ।
उनले अहिलेका परिस्थीतीमा सवैलाई समस्या परेको बेला पोषण युक्त खाना तथा आमाहरुका लागी विभिन्न कार्यक्रम संचालन गर्न नसकेको बताउँदै ६ महिना देखी २३ महिना सम्मका बच्चालाई गरिएको सहयोगको प्रसंशा गरे ।
कालिका स्वालम्बन समाजिक केन्द्र तौलेहवा कपिलबस्तुको परिचालन साझेदारीमा उक्त कार्यक्रम विभिन्न जिल्लामा संचालन गरिएको छ ।
यो कार्यक्रमका लागी मधुवन नगरपालिकामा ६ महिना देखी २३ महिन सम्मका बच्चाका निम्ती पोषणयुक्त खाना उपलब्ध गराइएको संस्थाले जनाएको छ ।