Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा काेराेना संक्रमितको संख्या १ हजार नजिक

८ सय ७४ जनाले कोरोनालाई जिते, ७१ जना संक्रमित आइसोलेसनमा
  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    बर्दियामा कोरोना संक्रमितको संख्या १ हजार नजिक पुगेको छ ।

    शुक्रबार १ जना संक्रमित थपिए संगै जिल्लामा कुल संक्रमितको संख्या ९ सय ९३ पुगेको जिल्ला प्रशासनल कार्यलय बर्दियाले जनाएको छ ।

    बर्दियामा देखिएको कोरोना पोजेटिभ मध्ये ७ सय १९ जना पुरुष छन भने २ सय ७४ जना महिला संक्रमित भेटिएका हुन ।

    बर्दिया जिल्लामा हाल सम्म १३ हजार ९ सय ६ जनाका पिसिआर विधि मार्फत परिक्षण गरिएको छ ।

    जिल्ला प्रशासन कार्यलय बर्दियाले दिएको जानकारी अनुसार कोरोना संक्रमणकै कारण जिल्लामा ७ जनाका मृत्यु भइसकेको छ ।

    बर्दियामा कोरोना संक्रमित मध्ये संस्थागत आइसोलेसनमा ३१ जना, होटल आइसोलेसनमा ४ जना र ४६ जना होम आइसोलेसनमा गरि ८१ जना संक्रमित आइसोलेसनमा रहेका छन ।

    संक्रमित मध्ये ८ सय ७७ जनाले कोरोनालाई जिती घर फर्किसकेका छन । भने ३९ जना रिपोर्टको आउन बाँकी रहेको बर्दिया प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij