ए अबुझ समाज मलाई गाह्रो सारो पर्दा सदा तिमी नै काम लागेको छौ । म सधैं तिम्रो बिचमा आफुलाई सुरक्षित महसुस गर्छु । मलाई थाहा छ । म तिमी बाट छुट्टिएर एक्लै पनि बस्न सक्दैन तिमी चाहिन्छ । तर आज म तिम्रो समुहमा बसेर आफू अनि आफ्नो परिवारलाई सुरक्षित महसुस गरिरहेको छैन । यति बुझे दुःख पर्दा कोही छैन दाजुभाइ अनि सुखमा सबैजसो आफ्नै हुदो रहेछन । दुई दिनको मानबको चोला सधै एकनासै हुँदैन रहेछ । म सधै सुखमा रहिन दुख पर्दा पो थाहा भो को आफ्नो को पराई । चिनियो सबैलाई । तिमी समाजका ठुला भनी आफ्नो बयान गर्दै हिन्ने खुरापाती हौ । तिमिहरु समस्या सुल्झाउन हैन बझाउन पो सिपालु रहेछौं । बुझे आज अचानक covid19 positive हुँदा तिमिले गरेका टीका टिप्पणीले म पुरै होसै नभएको जस्तै बेहोस मानसिक पीडामा छु । तिमीले किन अपराध नै गरे जसरी मेरा कुरा चौतर्फी काटेर अपराधी बनाएका छौं । covid19 ले बिश्वब्यापी तहल्का मच्चाएर मनवजाति तहसनहस गरेको बेला मलाई कती डर लागिरहेको छ । आफुलाई ठुलै ओहोदामा बसेको छु भन्नेहरु सुन तिमीले कतिको गरेउ जिम्मेवारी पूरा किन तिमी नि ठुलो अपराध गरेझैं कति मानसिक पिडा दिन सकेको मलाई । तिम्रो एक शव्द डराउनु पर्दैन हामी छौ । सावधानी अपनाउनु केही हुदैनन् जस्ता सान्त्वना दिने शव्द त कदापि दिएनौ बरु मलाई हतास , अपराधी महसुस गरायौं । यो समाजले नि मेरा घर परिवारलाई कति अपहेलना गरेको अनि स–साना मेरा बालबालिकालाई तिम्रो नजिकै आउँदा किन पछारेको ? हैन मैले जबरजस्ती गरेर लागेको नि हैन covid19 । मलाई नि थाहा छैन कसरी लाग्यो, कहाँ लाग्यो । अझै क–कसलाई लाग्ने हो । रहर कसैलाई छैन मात्र कोरोना कहर छ सबैलाई । तर मैले आफुलाई शंका लाग्नासाथ परिक्षण गरे अनि लागेको थाहा पाउनासाथ म सुरक्षित बसेको छु । तिमीहरूमा मानवता रहेनछ हैन आखिर दुरी कायम गरी तिमी हामी संग बोल्दा हालखबर सोधपुछ गर्न त सक्दैनौं फेरि किन सर्छ झै गरि मुख बटारेर पर पर खुसुरमुसुर गर्दै हिन्न सकेका । हामी सुरक्षित बसेका छौं । ए समाज तिम्रो खिचातानीले म बेहोस थिएँ मनमा डरका तरङ्गले रात भरी निन्द्रा हराएको थियो । घरमा सन्नटा छाएको थियो । सुरुमा नर्मल म पछी टाउको दुख्ने जोरो आएर झन गाह्रो महसुस गरे एकदमै कमजोर भए । तर एकपल्ट धेरै बेर सोचे ,सम्झे अनि अरुले जे भने जस्तो ब्यवहार गरे जुन दिन आफुलाई पर्छ अनि सबैले बुझ्नेछन । अबुझ र अज्ञानीका कुरा र ब्यवहारले आफ्नो स्वास्थ्य बिगार्न हुन्न covid 19 positive लाई ठुलो रुप बनाएर आफुलाई कमजोर पर्नु हुन्न । म जित्न पर्छ । सोच्दै अगाडि बडे अनि दोस्रो पटक रिपोर्ट नि Negative आयो म आफ्नो दिनचर्या पहिलाको जसरी नै एक दुई हप्तामै सुरु गर्न सक्ने भए । तर यसपल्ट सबैको पहिचान भो को शत्रु को मित्र भनेर । सबैभन्दा ठुलो मित्र आफू नै रहेछ । जस्तोसुकै समयमा हिम्मत कदापि हार्नु हुन्न रहेछ । दुनियाँको को पछी लागेर साध्य नै छैन । हामी मानव हार्नका लागी जन्मेको हैनौ । जित्नको लागि जन्मेको मान्छे हौं । त्यही कुरालाई आत्मसात गर्दै आगाडि बढिरहेको छु ।