Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ठाकुरबाबाका ४२ वर्षीय पुरुषको मृत्यु

जिल्लामा कोरोनाकै कारण ६ जनाको ज्यान गयो
  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका ६ निवासी ती पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

    यससँगै बर्दियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    स्वास्थ्य समस्याका कारण असोज १४ गते मेडिकल कलेज कोहलपुरमा उपचारका लागि भर्ना भएका उनको अर्को दिन स्वाबको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

    मेडिकल कलेजमै स्वाब परीक्षण गरिएका पुरुषको १६ गते नतिजा पोजेटिभ आएको हो ।

    श्वासप्रश्वासमा समस्या आएपछि असोज २७ गते भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि पु¥याइएको थियो।

    श्वासप्रश्वासमा समस्या (एआरडीएस) का कारण ४२ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

    जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा मृतकको शव ठाकुरबाबामा व्यवस्थापन गरिएको हो ।

    कोभिडको महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य कार्यालयले विषेश अनुरोध गरेको छ ।

     
    Seen by Murli Godiya at Friday 21:56
     
     
     
     
     
     
    Aa
     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij