बर्दियामा वन संरक्षण संगै आर्थिक समृद्धिमा जुट्दै उपभोक्ता
बर्दिया टुडे
आश्विन ३०, २०७७ शुक्रवार
११:१३:२२ मा प्रकाशित
2.0K
SHARES
2.0K
SHARES
बर्दियाको सामुदायिक वनका उपभोक्ताहरु बनको संरक्षण संगै उद्यमशिलता तर्फ केन्द्रित बनेका छन ।
बर्दियाको राजापुर नगरपालिका ७ मा रहेको श्री शान्ति समुदायिक बनका उपभोक्ताहरु बेंतका फर्निचर निर्माण, बनमा पोखरी निर्माण लगायतका क्रियाकलाप मार्फत आर्थिक समृद्धि हासिल गर्ने योजना बनाए संगै उद्यमशिलता तर्फ केन्द्रित बनेकाका हुन ।
फेकोफन हरियो बन कार्यक्रम अन्तर्गत नमुना सामुदायिक बन बनाउने उदेश्य लिइ समुहको सस्थागत क्षमता आकलन गरि विभिन्न क्रियाकलाप सन्चालन गरिएको सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य मो. कर खाँले बताए ।
शान्ति सामुदायिक बनले संचालन स्थानिय उपभोक्तलाई १ महिने बेत फर्निचर तालिम समेत दिएको छ । तालिम लिएकाहरुले वनको संरक्षण संग संगै जिवनयापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
ADVERTISEMENT
(बेत बाट निर्माण गरिएको सामाग्री)
केन्द्रिय सदस्य खाँका अनुसार विगत ४ वर्ष देखी उक्त बनमा हरियो बन कार्यक्रम मार्फत बन संरक्षण संगै आर्थिक आर्यआर्जन गरि शुसशासनका कायम गर्न जोड दिएको छ ।
विशेषतः बर्दिया जिल्लामा जंगली जनावरका कारण कयौं किसानहरु दुखी बनेका छन । मानव र बन्यजन्तुको द्धन्द्ध न्युनिकरणका क्षेत्रमा समेत चासो देखाउनु पर्ने अवाज व्यापक उठेको छ । जिल्लाको पश्चिीम क्षेत्रका किसानहरु जंगली जनावनरको आंतकले प्रताडित बनेका छन । किसानहरुले लगाएको अन्नबाली सहि तरिकाले कहिल्यै भित्रयाउन पाएका छैनन ।
जंगली जनावरहरुको लेखोजोखा गरि उनिहरुलाई अवश्यक क्षेत्र तय गरि सहि तरिकाले दिगो व्यवस्थापन गर्नुपर्ने अवश्यकता रहेको संघिय सांसद विमला विकले बताइन । नेपालका बन जंगलहरुमा कुन जनावर कति राख्ने कुन बनमा राख्ने भन्ने तर्फ ध्यान दिन नसकेकाले पनि जंगली जनावरहरु समुदायमा गई समास्या उत्पन्न हुने गरेको सांसद विकको तर्क दिइन् । आफुले सरकार संग पहल गरिराखेको जानकारी गराउँदै यस्तो समस्या समाधानका लागी राज्यले जिम्मा लिनुपर्नेमा वि.क.ले जोड दिईन ।