Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मृतक वडा अध्यक्षको परिवारलाई १० लाखको चेक हस्तान्तरण

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष स्व.सुर्य बहादुर थारु (कमल) को परिवारले आर्थिक सहयोग पाएको छ ।

    बारबर्दिया नगरपालिका वडा नम्बर ३ स्थीत भैसाखानि निवासी निर्वाचित वडा अध्यक्ष थारुको परिवारलाई लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तिलकराम शर्मा हिमाल र बारबर्दिया नरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारुले ज्यान गुमाएका परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।

    मृतक वडा अध्यक्ष कै निवासमा बारबर्दिया नगरपालिकाद्वारा आयाेजित श्रद्धान्जली सभामा मृतक थारुकी आमा गजपति थरुनिलाई १० लाख रकमको चेक हस्तान्तर गरिएको हाे ।
    तत्कालिन शसस्त्र विद्रोहका समय कमान्डरको जिम्मेवारी निर्वाह गरेका थारु गएको स्थानिय निर्वाचनमा तत्कालिन माओबादीको तर्फ वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।

    वडा अध्यक्ष कमल थारुको असोज ७ गते कोरोना भाईरस कोभिड १९ का कारण भेरी अस्पताल नेपालगन्ज बाँकेमा ज्यान गएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij