कांग्रेस नेताद्वारा गेरुवा गाउँपालिकालाई मास्क सहयोग
बर्दिया टुडे
आश्विन २५, २०७७ आइतवार
१९:२३:०३ मा प्रकाशित
3.4K
SHARES
3.4K
SHARES
नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी विनय रावलकाे आार्थिक सहयोगमा उपलब्ध गराईएकाे १२ हजार थान मास्क गेरुवा गाउँपालिकालाई हस्तान्तरण गरिएकाे छ ।
गेरूवा गाउँपालिकाकाे कोभिड-१९ रोकथाम तथा नियन्त्रण अभियानमा एकवद्धता जनाउँदै नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का सभापती दिपक जंग शाहले सहयाेग स्वरूप प्राप्त मास्क आइतवार हस्तान्तरण गरेका हुन् ।
शाहले गेरूवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष हिम कुमारी थरूनी, प्रमुख प्रशासकीय अधिकृत कासी प्रसाद पंगनी र स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
युवा नेता तथा समाजसेवी रावलले उपलब्ध गराएकाे ७०हजार थान मास्क गेरुवा गाउँपालिका लगायत राजापुर, मधुवन र बारवर्दिया नगरपालिका प्रत्येक वडाहरुमा वितरण गरिएकाे इन्द्र साउदले गेरुवा कर्णाली पाेष्ट लाई वताए ।