Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शनिबार बर्दियामा थप ८० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८ सय ३ पुग्यो

सजकता अपनाउँदै हेलचक्राई नगर्न स्वास्थ्य कार्यालय बर्दियाकाे आग्रह
  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    बर्दियामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।

    बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा ७९ जना र बागेश्वरी प्रयोगशाला नेपालगंजमा गरिएको परिक्षणमा १ जना गरि बर्दियाका थप ८० जनामा संक्रमण पुष्टि भएको हो ।

    शनिबार साँझा ७ बजे आएको परिक्षण रिपोर्ट अनुसार बर्दियाको गुलरियामा थप ५ जना, मधुवन नगरपालिकामा ५० जना, बारबर्दिया नगरपालिकामा २२ जना, राजापुर नगरपालिकामा १ जना र बढैयाताल गाँउपालिकामा १ जना गरि ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले जानकारी दिए ।

    बर्दियामा शनिबार ८० जना संक्रमित थपिए संगै जिल्लामा कोरोना सक्रमितको कुल सख्या ८०३ पुगेको छ ।

    संक्रमित मध्ये ६ सय जना कोरोना संक्रमण मुक्त भई घर फर्कि सकेका छन् ।

    बर्दिया जिल्लामा कोरोना संक्रमित बढ्दै गइरहेकोले सजकता अपनाउँदै हेलचक्राई नगर्न स्वास्थ्य कार्यालय बर्दियाले आग्रह गरेको छ । नागरिकलाई कोरोना संक्रमणबाट जोगीन जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न समेत स्वास्थ्य कार्यालयले अनुराेध गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij