बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अग्रवालको निधन
बर्दिया टुडे
आश्विन १०, २०७७ शनिवार
१५:५२:०४ मा प्रकाशित
3.5K
SHARES
3.5K
SHARES
बर्दियाको गुलरिया स्थित बबई बहुमूखी क्याम्पसका क्याम्पस प्रमुख विनोद कुमार अग्रवालको निधन भएको छ ।
बबई बहुमुखी क्याम्पसका प्रमुखको ५२ वर्षको उमेरमा सनिवार दिउसो निधन भएको हो ।
एक दशक अघि देखि क्याम्पस प्रमुखको जिम्मेवार सम्हालेका अग्रवालको दुई वर्ष देखि फोक्सोको क्यान्सर बाट पिडित थिए ।
उनले दिल्ली स्थित मेदान्त अस्पतालमा नियमित उपचार गराईरहेका थिए ।अघिल्लो साता दिल्लीबाट फर्केका उनलाइ स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनि होम आईसोलेसनमा बसेका थिए ।
सामान्य अबस्थामा रहेका उनलाई शनिबार बिहान देखि स्वासप्रश्वासमा समस्या आएपछि थप उपचारको क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो । आफै एम्बुलेन्स चढेर उपचारको लागि नेपालगञ्ज गएका थिए ।