बारबर्दिया नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी
बर्दिया टुडे
आश्विन ८, २०७७ बिहिवार
२०:३२:५९ मा प्रकाशित
3.1K
SHARES
3.1K
SHARES
बर्दिया प्रशासनले शनिवारदेखि बारबर्दिया नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरेकाे छ ।
नगरपालिकामा समुदाय स्तरमा लक्षणा सहितकाे संक्रमण बढदै गएपछि काेराेना संक्रमणकाे जाेखिम फैलिन नदिन निषेधाज्ञा जारी गरेकाे हाे ।
बारबर्दिया नगरपालिका, स्थानीय काेभिड– १९ संकट व्यवस्थापन केन्दंकाे अनुराेधमा असाेज १४ गते बुधवार मध्यरात सम्म निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएकाे छ ।
बारर्दियामा हाल सम्म काेराेना संक्रमितकाे संख्या ६५ जना पुगेकाे छ । जसमध्ये १ जनाको मृत्यु भएकाे छ । ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने ३३ जना सक्रिय कोरोना पोजेटिभ रहेका छन् ।