बर्दियामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बुधवार बारबर्दियामा ११ र गुलरियामा १० गरी थप २१ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बारबर्दिया नगरपालिका वडा नम्वर ६ का ९ जना र तीनका २ जनामा संक्रमण भएको पाईएको हो । त्यस्तै गुलरिया नगरपालिका वडा नम्वर ५ का तीन, ९ का २ र वडा नम्वर २, ७, ८, १० का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।